मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो । मेयरमा कांग्रेसका प्रकाश भण्डारी ६ हजार एक सय २७ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानलाई एक हजार एक  सय ९० मतको अन्तरले पराजित गरेका हुन् ।

प्रधानले चार हजार नौ सय ३७ मत ल्याएका छन् । ०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए । यस्तै, उपमेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनार पाँच हजार तीन सय ८० मत ल्याएर निर्वाचित भएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले चार हजार पाँच सय ९५ मत ल्याएका छन्।

१५ वडा रहेको नगरपालिकामा वडा न १, २, ३, ५, ६, ८, ११, १४ मा कांग्रेस विजयी भएको छ भने वडा न ४, १०, १२, १३ र १५ मा एमाले निर्वाचित भएको छ । माओवादी केन्द्रले वडा नम्बर ७ र एकीकृत समाजवादीले वडा नम्बर  ९ जितेका छन् ।