मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ जेठ ३ मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगरमा कांग्रेस उम्मेदवार कोइरालाको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ जेठ ३ मंगलबार ०७:१९:००

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइराला सात हजार पाँच सय ९१ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमालेका सागर थापाले पाँच हजार ८ सय २४ मतले पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले दुई हजार पाँच सय ४४ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी शिल्पा कार्की अगाडि छन् । उनको ६ हजार ६ सय ३३ मत आएको छ भने गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अमरेन्द्र यादवको चार हजार दुई सय ३७ मत आएको छ ।