१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ २ सोमबार १६:३o:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

घोराही उपमहानगर : गठबन्धनभन्दा एमाले १,८२७ मतले अघि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १६:३o:oo

घोराही उपमहानगरपालिकामा एमालेले गठबन्धनका उम्मेदवारलाई उछिनेको छ। ३६,०३१ मत गन्दा एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरी १३,००१ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमन्ड’ले ११,१७४ मत प्राप्त गरेका छन्। उनीहरूबीच १,८२७ मतान्तर छ।
 
उपप्रमुखमा पनि एमालेकै हुमा डिसी अगाडि छिन्। डिसीले १२,५२२ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले १२,४५० मत प्राप्त गरेका छन्। उनीहरूबीच ७२ मतको अन्तर छ।

घोराही उपमहानगरपालिकामा यसअघि एमालेले जितेको थियो। घोराहीमा ७६,५५२ मत खसेको थियो।