१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेसका भट्टराई विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२६:oo

गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराई ९,६२१ मतसहित विजयी भएका हुन्। उनी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले स्याङ्जाका अध्यक्षसमेत रहेका सूर्यप्रसाद गैह्रेलाई पराजित गर्दै विजयी भएका हुन्। एमालेका मेयर पदका उम्मेदवार गैह्रेले ८,९२२ मत ल्याए।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका हेमा न्यौपाने ९,११८ मतसहित विजयी भएकी छिन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी देवीसरा थापाले ९,०५५ मत ल्याइन्। उक्त नगरपालिकाको वडा नं. १, ३, ४, ६, ९ र १० गरी  ६ वटा  वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन्। 

त्यसैगरी, वडा नं. २, ७, ८ र ११ मा नेकपा एमाले र वडा नं. ५ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । गल्याङ नगरपालिकामा २९,५५७ जना मतदाता रहेकोमा १९,८८० जनाले मतदान गरेका थिए ।  ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका भूपराज अधिकारी विजयी भएका थिए ।
 

ad
ad