१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोट नदिएको निहुँमा सिराहामा दम्पतीमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

गत ३० वैशाखमा भएको मतदानमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिका– २ नहरा गाउँमा एक दम्पतीमाथि कुटपिट भएको छ। भगवानपुर–२ मा नेकपा एमालेबाट प्यानलसहित वडाध्यक्ष जितेका सूर्यनारायण यादवको विजय जुलुस गर्ने क्रममा सोमबार बिहान नहरा गाउँस्थित घरमै बसिरहेकी करिब ३५ वर्षीया गीतादेवी यादव र उनका श्रीमान् दुनियालाल यादवमाथि कुटपिट भएको प्रत्यक्षदर्शी गाउँलेले बताएका छन्।

‘घरमै बसिरहेकी थिएँ, जुलुसबाट एक्कासि आएर ‘हामीलाई किन भोट नदिएको’ भन्दै कुटपिट गर्न थाले,’ पीडित गीतादेवीले भनिन्। श्रीमतीलाई कुट्न थालेपछि छुट्याउन आएका श्रीमानलाई पनि कुटपिट गरेपछि छिमेकीहरूले छुट्याएर उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको उनले बताइन्। 

कुटपिटमा घाइते भएका यादवदम्पती उपचारपछि सोमबार अपराह्न घर फर्किएका छन्। ‘गोप्य मतदानमा आफूले इच्छाएको उम्मेदवारलाई मत दियौँ, घरायसी रिसइवीको कारणले भोटको निहुँ झिकेर कुटपिट गरे,’ पीडित दम्पतीले भने।

विजय जुलुस गाउँमा आएपछि जुलुसबाट निस्किएर नवनिर्वाचित वडाध्यक्ष यादवका भतिजा अनिल यादवसहित देवनाथ यादव, कृष्णबन्धु यादवलगायतले कुटपिट गरेको पीडित दम्पती बताउँछन्। नवनिर्वाचित वडाध्यक्षले भोटको निहुँमा कुटपिट गर्नु गोप्य मतदान गर्न पाउने नागरिक अधिकारको हनन् भएको नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक युवाले बताए।