१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१९:oo

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार भट्टले पाँच हजार सात सय १९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर घलेले चार हजार आठ सय ६४ मत ल्याए । भट्ट दोस्रो कार्यकालयका लागि पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित भएकी छिन् । उनले पाँच हजार सात सय ६५ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेखमाया रानाले चार हजार पाँच सय ७५ मत प्राप्त गरिन् । गुरुङ पनि दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

ad
ad