१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ जेठ १ मंगलबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

अर्घाखाँचीमा १६ वडाको मत परिणाम सार्वजनिक

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:१२:oo

कांग्रेस आठ, एमाले ६ र माओवादी दुई वडामा विजयी

अर्घाखाँचीमा १६ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये कांग्रेसले आठ वडामा विजयी हासिल गरेको छ । एमालेले-६ वडामा जित हासिल गरेको छ । यसैगरी माओवादीले दुई वडा जित्न सफल भएको छ । यसबाहेक अहिलेसम्म अन्य कुनै दलले वडामा विजयी हासिल गर्न सकेका छैनन् । 

कांग्रेस विजयी भएका आठ वडा

सन्धिखर्क नगरपालिकाको वडा नम्बर-१ मा माधव श्रेष्ठ र वडा नम्बर-१२ मा नारायण खड्काले विजयी हासिल गरेका छन् । यसैगरी, भूमिकास्थान नगरपालिका-१ मा गोपाल खनाल, पाणिनी गाउँपालिका वडा नम्बर-१ मा कमल पोखरेल र वडा नम्बर-२ मा चन्द्रकान्त पौडेलले जित हात पारेका छन् । 

यसैगरी, छत्रदेव गाउँपालिका वडा नम्बर-५ मा बालकृष्ण पाेखरेल, शीतगंगा नगरपालिका वडा नम्बर-१ मा मानबहादुर सिंजापति र वडा नम्बर-१४ मा दामोदर न्यौपानेले विजयी हासिल गरेका छन् । 

एमाले विजयी भएका ६ वडा

मालारानी गाउँपालिका वडा नम्बर-१ मा एमालेका उम्मेदवार दधिराम आचार्य विजयी भएका छन् । यसैगरी पाणिनी गाउँपालिका वडा नम्बर-८ मा रोमबहादुर पाण्डे, भूमिकास्थान नगरपालिका वडा नम्बर-१० मा खगेश्वर पन्थी, छत्रदेव गाउँपालिका वडा नम्बर-४ मा भीमलाल खनाल, पाणिनी गाउँपालिका वडा नम्बर-७ मा गुनाखर अधिकारी, शीतगंगा नगरपालिका वडा नम्बर-१३ मा दुर्गा विसी विजयी भएका छन् । 

माओवादीले जितेका दुई वडा

नेकपा माओवादी केन्द्रले मालारानी गाउँपालिकाको वडा नम्बर- ९ र २ मा जित हात पारेको छ । अन्य स्थानमा मतगणना जारी रहेको छ । 
 

ad
ad