१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका डडेलधुरा
२o७९ बैशाख ३१ शनिबार २o:५२:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

प्रधानमन्‍त्री देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेलधुरा
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार २o:५२:oo

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका इन्द्रबहादुर कार्की  निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी भएकी छिन्। उनले ३ हजार १३ मत पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाएका छन्।
प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए। सो वडामा भने कांग्रेसका उम्मेदवार पराजित भएका थिए। यहाँ सभापति देउवासँग असन्तुष्ट रहेको कांग्रेसका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले कांग्रेस बिपीको नाममा एमालेसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको छ। 

अहिलेसम्म जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ७ वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी,माओवादी केन्द्र एक नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए।