
दाङको घोराही उपमहानगरपालिकाको सुरुवाती मतगणनामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका हेमराज शर्मा पौडेलले ३७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले २८४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३९२ मत प्राप्त गर्दा एमालेकी हेमाकुमारी डिसीले २७३ मत प्राप्त गरेकी छिन् ।