Skip This
सोलुको सोताङ-१ मा कांग्रेसको प्यानलै विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Monday, 17 June, 2024
सोनी राई सोलुखुम्बु
२o७९ बैशाख ३१ शनिबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सोलुको सोताङ-१ मा कांग्रेसको प्यानलै विजयी

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १४:१८:oo

सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सो वडामा अध्यक्षका उम्मेदवार कांग्रेसका जंगबहादुर गुरुङले ३९८ मत ल्याएका छन्। एमालेका उम्मेदवार लक्ष्मण लामिछानेले २५८ र माओवादीका रमेश कुमार राईले ११७ मत ल्याएका निर्वाचन अधिकृत कुमार कोइरालाले जानकारी दिएका छन्।

वडासदस्यमा धर्मध्वज बस्नेत, सकुन्तला भूजेल, लक्ष्मी विक र भोलाकाजी राई विजयी भएका छन्। वडा नं १ को मतगणना सम्पन्न गर्दा कांग्रेसका पालिका उम्मेदवार खिलाराज बस्नेतलाई ३८६, एमाले उम्मेदवार प्रकाश कार्कीलाई २६३ र माओवादी उम्मेदवार दिपक खड्कालाई १३५ मत प्राप्त भएको छ।

यसअघि लिखुपिके १ र ५ मा कांग्रेसका उम्मेदवार विजयी बनेका छन्। लिखुपिके १ मा मिंमार ग्याल्जेन शेर्पाको प्यानलै र लिखुपिके ५ मा ङिमछिरी लामा विजयी बनेका छन्।

ad
ad
ad
ad