१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ, चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३१:oo

खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार सुशील गन्दर्भलाई पक्राउ गरिएको छ  । खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चारजना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित गन्धर्वकै घरनजिकै दुई पक्षबीच झडप भएको हो । नजिकै पूजामा मदिरा खाएर यसरी झडप भएको हुन सक्ने प्रहरीले बताएको छ । ‘पुजामा गएका वेलामा मदिरा सेवन गरेपछि सामान्य विवाद भएछ’, अर्यालले भने ‘त्यसपछि खुकुरी हानाहानको अवस्था सिर्जना भएको देखिन्छ ।’ 

दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको स्रोतले बताएको छ । ‘दिउँसो रक्षाचौर स्कुलस्थित मतदान केन्द्रमा मतदान भइरहेको थियो, त्यहीवेला केही युवाहरूले मतदानस्थलमै प्रचार गरिरहेका थिए, त्यसपछि गन्दर्भका छोरा सुमनले किन यसरी प्रचार गरेको भनी ती युवाहरूलाई भनेपछि केही विवाद भएको थियो’,स्रोतले भन्यो ‘त्यसपछि ती युवा झगडा गर्ने नियतले नै साँझ घरमै गएका हुन् ।’ छोरा सुमनलाई ति युवाहरूले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि उम्मेदवार गन्धर्व गएको र उनीहरूमाथि पनि चोटपटक लागेको हो । 

निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । गन्धर्व स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार थिए । उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरनिवासी हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

ad
ad