
रुपन्देहीको एक उपमहानगरसहित १६ वटै पालिकाहरुमा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ ।
वडा नम्बर १ को ९ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ४ सय २२ मत प्राप्त गरेका छन् । राप्रपाका प्रमुख पदका उम्मेदवार मिगेन्द्र शेरचन २ सय १५ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमाले तेस्रो स्थानमा छ । नेकपा एमालेका बाबुराम भट्टराईले १ सय ६० मत प्राप्त गरेका छन् ।