१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सोलुको सोताङमा कांग्रेस र माओवादीबीच झडप हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख ३० आइतबार १o:४९:oo

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी निकट रहेका राईको मृत्यु

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खसाल्न आएकी विरामी बृद्ध महिलाको मृत्यु भएपछि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो । 

हिजो साँझ भएको घटनामा घाईते भएका ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले बताए । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी निकट रहेका राईको टाउकोमा गम्भिर चोट लागेको थियो ।

त्यस्तै घटनामा केही कांग्रेस कार्यकर्ता पनि घाईते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खसाल्न बृद्ध महिलालाई बोकेर ल्याएको तर मतदान गरेपछि भने घर पुर्‍याउन वेवास्ता गरेको आरोप कांग्रेसले लगाएपछि दुई समुहबीच झडप भएको हो । दमको विरामी ती बृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो । सोताङ गाउँपालिकामा अहिले मतगणना रोकिएको छ । 

ad
ad