१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बेन्च र कुर्चीको विवादले भरतपुरको मतगणना अझै सुरु हुन सकेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:३८:oo

भरतपुर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान ९ बजेबाट मतगणना सुरु हुने जनाएका थिए ।

अहिले पनि सर्वदलीय छलफल चलिरहेको छ । विशेतः मतगणनास्थलमा बस्ने उम्मेदवारका प्रतिनिधिलाई कुर्सीमा राख्ने कि बेन्चमा राख्ने भन्ने कुराले मतगणना अघि बढ्न नसकेको हो । निर्वाचन अधिकृतले कुर्ची राखेको भएपनी दलका प्रतिनिधिहरूले बेन्च वा टेवल मागेका थिए । तर, बेन्च राख्ने बार नाघेर जाने सम्भावना रहेपछि प्रतिनिधि भुइमानै बस्ने निर्णय भएको छ ।

मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सीमा हुँदै छ । १ लाख ८५हजार ७ सय ५२ मतदातामध्ये भरतपुरमा १ लाख २७ हजार ५ सय ६६ मत खसेको थियो । यो संख्या कुल मतदाताको करीब ६८‍.५५ प्रतिशत हो । भरतपुरमा ७ फिट अग्लो जालिसहितको फलामको बार लगाइएको छ भने आठवटा सिसिक्यामेरा जडान गरिएको छ ।

ad
ad