मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३० शुक्रबार २०:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा ६५ प्रतिशत मत खस्यो  

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार २०:२१:००

स्थानीय तह निर्वाचनमा नुवाकोटमा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जिल्लाभर ६५ प्रतिशत मत खसेको जानकारी दिए । १२ स्थानीय तह ८८ वडा रहेको नुवाकोटमा मतदाताहरूले उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएका थिए ।

जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लामा सबै स्थानीय तहहरूमा शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

विदुरका मतपेटिकाहरू संकलन भइरहेको र सबै मतपेटिका आएपछि दलका प्रतिनिधिको छलफलपछि रातिबाट नै मतगणना सुरु गरिने तयारी भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।  जिल्लामा १ सय ३२ मतदान स्थल र २ सय ८७ मतदान केन्द्र रहेको थियो । जिल्लामा २ सय ३७ हजार ४ सय ३४ मतदाता रहेका छन् ।