मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३० शुक्रबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरको कटारीमा गोली चल्यो

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १८:०६:००

उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा  गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले भने, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कसले चलायो ? किन चलायो ? केमा विवाद भयो  ? हामी बुझिरहेका छौँ । गोली लागेर क्षति भएको/ नभएको जानकारी लिइरहेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले गोली चलेको हल्ला आएको र आफूले  आधिकारीक रूपमा बुझ्न  नपाएको बताए । उनले भने, ‘गोली चलेको हल्ला आएको छ । खासमा के भएको हो ? हामी फोन सम्पर्क गरिरहेका छौँ, अधिकारिक रूपमा बुझ्न पाएका छैनौँ ।’