१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यालय पनि सातामा दुई दिन बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo

शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको हो ।

सरकारले इन्धनलगायत खर्च कटौती गर्ने भन्दै १ जेठदेखि निजामतीलगायत कर्मचारीलाई हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेर राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । 

हालसम्म विद्यालयमा हप्ता बिदा शनिबार मात्रै हुँदै आएको छ । त्यस्तै, हिउँदे र बर्खे गरी ५० दिन बिदा दिने गरेको छ । अब ५० दिनबाट घटाएर एक महिना मात्रै बिदा दिन परिपत्र गरेको र स्थानीय तहले यसबारे निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । ‘हिउँदे र बर्खे गरी ५० दिन बिदा दिने गरिएको थियो, अब भने एक महिना मात्रै बिदा हुनेछ । यसमा पनि एकैपटक धेरै दिन बिदा दिने कि पटक–पटक गरेर दिने भन्नेबारे स्थानीय तहले निर्णय गर्नेछ,’ शर्माले भने । 

हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीको सिकाइ उपलब्धिमा कुनै असर नपर्ने पनि उनले बताए । ‘यसअघि शुक्रबार दिउँसो १ बजेसम्म कक्षा सञ्चालन हुँदै आएको थियो,’ उनले भने, ‘अब शुक्रबार ४ बजेसम्म पढाउँदा र अरू बिदा घटाउँदा क्रेडिट आवरलाई असर पर्दैन, पढाउने समय पुग्छ ।’ 
 

ad
ad