१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा झुक्नुपर्छ भन्ने होइन : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३८:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा माओवादीले झुक्नुपर्छ भन्ने नरहेको बताएका छन्। कैलालीको कैलारी गाउँपालिकामा माओवादीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन्।

‘गत साल प्रतिगमन हुन लागेको हुनाले त्यो प्रतिगमन, प्रतिक्रान्ति, संघीयता र गणतन्त्र उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न हामीले नै गठबन्धन बनाएको हो,’ उनले भने, ‘तर, गठबन्धन बनाउनुको अर्थ सबै ठाउँमा हामी झुक्नुपर्छ भन्ने होइन।’

चुनावी तालमेल हुन नसक्ने ठाउँमा आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने गठबन्धनको नीति रहेको भन्दै उनले कैलारीमा गठबन्धन ‘क्लियर’ भएको आफूले नपाएको बताए। प्रचण्डले जुनसुकै रूपमा उठेको भए पनि माओवादी उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरे। अघिल्लो कार्यकालमा कैलारीलाई देशभरमै उत्कृष्ट तेस्रो बनाउन सफल भएको भन्दै उनले गाउँपालिकाको थप विकासका लागि अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवालाई विजयी गराउन आग्रह गरे।

कैलालीका १३ वटै पालिकामा गठबन्धनका दलबीच तालमेलको सहमति भएको थियो। तर, कैलारीमा माओवादी र कांग्रेस दुवैले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। कांग्रेससँग तालमेल गर्ने विषय उठेपछि माओवादीले तीन वडामा उम्मेदवारी दिएको थिएन। तालमेल हुन नसकेपछि ती वडामा पनि माओवादीबाटै स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई माओवादीले समर्थन गरेको छ।

‘यहाँ गठबन्धन अझै पनि क्लियर भएको मैले देखिनँ। शेरबहादुर देउवा र म कुरा गरेर यदि यहाँ कांग्रेसको उम्मेदवारी खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ। म तपाईंहरूलाई माओवादीका उम्मेदवारलाई मत दिन अपिल गर्दछु,’ प्रचण्डले भने, ‘हाम्राविरुद्ध कुनै खालको धोका, बेइमानी षड्यन्त्र हाम्रा लागि स्वीकार्य छैन। हामी एक्लै आफ्नो खुट्टमा उभिएर लड्न तयार हुनुपर्दछ। तब मात्र हामीले जित हासिल गर्न सक्दछौँ।’