मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २६ सोमबार o७:३१:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

थ्रिडी आर्ट म्युजियम अब भक्तपुरमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार o७:३१:oo

ललितपुरको इमाडोलमा रहेको थ्रिडी आर्ट म्युजियमले भक्तपुरमा पनि शाखा विस्तार गरेको छ । भक्तपुरको राधेराधेमा खुलेको म्युजियमको नयाँ शाखाको शनिबार हास्य कलाकार मनोज गजुरेलले उद्घाटन गरे ।

 उद्घाटनसँगै म्युजियमका कलाकक्षको अवलोकनपछि कलाकार गजुरेलले कलालाई मनोरञ्जन र आर्थिक उपार्जनसँग जोडेकोमा म्युजियम व्यवस्थापनको प्रशंसा गरे । ‘देशका युवाले केही गरेनन्, उनीहरूले देशमा केही सम्भावना देख्दा पनि देखेनन् र सम्भावना सिर्जना पनि गर्न सकेनन् भन्ने आरोपलाई थ्रिडी आर्ट म्युजियमको व्यवस्थापन समूहले गलत सावित गरिदिएको छ,’ गजुरेलले भने, ‘उहाँहरूले ललितकलालाई जे–जसरी प्रयोग गरिरहनुभएको छ, त्यसले स्वदेशी मात्र होइन, विदेशी पर्यटकलाई समेत मनोरञ्जन र नेपालबारे जानकारी दिन सक्छ ।’

 म्युजियमका व्यवस्थापक सुन्दर विष्टले आफूहरूले यसअघि हेटौँडामा म्युजियमको शाखा विस्तार गरिसकेको र भक्तपुरको शाखापछि छिटै पोखरामा अर्को शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ‘हामीले इमाडोलको आर्ट म्युजियम विशेषगरी बालबालिकालाई लक्षित गरेका छौँ,’ विष्टले भने, ‘हेटौँडा र भक्तपुरका म्युजियमचाहिँ हामीले सबै उमेर समूहलाई लक्षित गरेर तयार गरेका छौँ ।’