१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन सामग्री बोकेर मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित मतदान अधिकृतको टोली लाङटाङ प्रस्थान गरेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि हिँडेर जानुपर्ने भएकाले टोली आइतबार बिहानै निर्वाचन सामग्रीसहित लाङटाङ प्रस्थान गरेकाे हाे।

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीका रूपमा नन्दलाल न्यौपानेलाई खटाइएको छ। टोली सोमबार मतदान केन्द्रमा पुग्नेछ। पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चार कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको हो।

लाङटाङमा तीन सय ६३ मतदाता रहेका छन्। गोसाइँकुण्ड गाउँपालिका– ४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ। मतदानसम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्नका लागि जिल्लाको नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार नै तालिम प्रदान गरिएको छ। बाँकी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार तालिम दिइँदै छ। जिल्लाका मतदान केन्द्रहरूमा कुल दुई सय ५५ कर्मचारी खटाइनेछ।

जिल्लामा यसपटक ३४ मतदानस्थल र ५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उत्तरगयामा ६ मतदानस्थल र ११ मतदान केन्द्र, कालिकामा ६ मतदानस्थल र ११ मतदान केन्द्र, गोसाइँकुण्डमा आठ मतदानस्थल र नाै मतदान केन्द्र, नौकुण्डमा आठ मतदानस्थल र १४ मतदान केन्द्र तथा आमाछोदिङमाेमा ६ मतदानस्थल र पाँच मतदान केन्द्र तोकिएको छ। रसुवामा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला गरी ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन्।

ad
ad