१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २५ आइतबार ०६:०१:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक निर्वाचन केन्द्र, एक स्वास्थ्यकर्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २५ आइतबार ०६:०१:००

सरकारले स्थानीय तह निर्वाचनमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउँदै छ । स्वास्थ्य मन्त्रालयले मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड संक्रमण बढ्ने जोखिमका कारण स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले मास्क, स्यानिटाइजर प्रयोगलगायत स्वास्थ्यका मापदण्ड पालना गराउन हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।

मतदातामा सामान्य स्वास्थ्य समस्या देखिए घटनास्थलमै सेवा दिने र गम्भीर अवस्था निम्तिए नजिकको अस्पतालमा रिफर गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सम्बन्धित निर्वाचन अधिकारीको समन्वयमा स्वास्थ्यकर्मी खटिनेछन् । निर्वाचन आयोगले देशभर १० हजार सात सय ५६ मतदान केन्द्र तोकेको छ ।