मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १९:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको दाबी–पाँचदलीय गठबन्धन ३० वैशाखपछि अन्त्य हुन्छ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १९:३o:oo

'छिमेकीहरूबीच के–के किचलो छ भनेर चियोचर्चोमा ध्यान नदिनुस्, आफ्नो बलियो तयारी गर्नुस्, विरोधीहरू आफैँ परास्त हुनेछन्'


पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन ३० वैशाखपछि अन्त्य हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र संसदीय प्रणालीमा कतै नभएको गठबन्धनलाई जनताले जनादेशबाटै अन्त्य गर्ने दाबी गरेका हुन् । 

‘पाँचदलीय गठबन्धन पाँच अलग–अलग कचौरा हुन् । ३० वैशाखपछि तिनलाई अड्याउने थाल हराएपछि उनीहरू आफैँ अलग हुन्छन्,’ ओलीले भने, ‘त्यसपछि गठबन्धनको बहानामा एमालेविरुद्ध भाषण गर्ने अवसर पनि समाप्त हुन्छ ।’

गठबन्धनतिर चासो नदिई एकल प्रतिस्पर्धाका लागि बलियो तयारी गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । ‘छिमेकीहरूबीच के–के किचलो छ भनेर चियोचर्चोमा ध्यान नदिनुस्, आफ्नो बलियो तयारी गर्नुस्, बिरोधीहरू आफैँ परास्त हुनेछन्,’ उनले कार्यकर्तालाई भने, ‘एउटा वडामा एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने हिम्मत छैन, चुनावी प्रतिस्पर्धा गर्ने अरे ! त्यसो भए बहुदलीय प्रतिस्पर्धा किन ल्याएको ?’

आफ्नो सरकारले भारतसँग ट्रान्समिसन सम्झौता गरेका कारण देशमा लोडसेडिङ अन्त्य गरेको भए पनि गठबन्धनका केही दलले जस लिन खोजेको दाबी पनि ओलीले गरे । त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति कटाक्ष गर्दै उनले एमालेलाई कुहिएको फर्सी भन्नेहरू आफैँ १५ वर्ष नेतृत्वमा बसेर एमालेलाई कुहाएको र अहिले आफूले सफा गरेर ताजा बनाएको पनि बताए ।