१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदाता शिक्षा कार्यक्रम नहुँदा अन्योलमा मतदाता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३२:oo

वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ। यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झनै बढेको हो।

यस वर्ष सत्तासीन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको छ । मतदान गर्ने दिन नजिकिए पनि मतदाता शिक्षामा आवश्यक चासो नदेखिएको मतदाताको गुनासो छ।

लमजुङको बेँसीसहर नगरपालिका–११ की कृष्णमाया श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्योलमा छिन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा कृष्णमायाजस्ता धेरै मतदाता अहिले अलमलमा छन्। दूधपोखरीकी विष्णुमाया गुरुङ पनि मतदान प्रक्रियाबारे जानकार छैनन् । पहिलेको निर्वाचनमा गाउँगाउँमा मतदान शिक्षाबारे जानकारी गराइन्थ्यो। तर, अहिले कसरी मत हाल्ने भन्ने जानकारी नहुँदा मत खेर जान्छ कि भन्ने चिन्ता रहेको उनले बताइन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताइन् । मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उनको भनाइ छ । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त भएकाले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारहरू बताउँछन् ।

बेँसीसहर नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार श्रीकान्त घिमिरेले टोलटोलमा मतदाता शिक्षा दिन कार्यकर्ता परिचालन गरेको बताए । ‘गठबन्धन भएकाले अहिले मतदान गर्न पहिलाजस्तो सजिलो छैन,’ उनले भने, ‘हामीले हरेक टोलटोलमा नमुना मतपत्र पठाएका छौँ । सिकाउने काम भइरहेको छ ।’

विशेषगरी, नयाँ मतदाता र वृद्धवृद्धालाई मतदाता शिक्षा आवश्यक रहेको मर्स्याङदी गाउँपालिका स्थानीय नरबहादुर गुरुङ बताउँछन्। उम्मेदवार भोट माग्नमै व्यस्त छन्,’ उनले भने, ‘मत बदर हुन नदिन मतदाता शिक्षा दिनु आवश्यक छ ।’ यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लामा कुल एक हजार नाै मत बदर भएको थियो ।

ad
ad