मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २१:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक अरू काम  गरेन : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:४o:oo

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नुबाहेक कुनै काम नगरेको आरोप लगाएका छन् ।  रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरे । 

उनले  रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वाधक बनेको आरोप लगाए। रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबी गरे । 

एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेसको विकास गर्न सक्ने जिकिर गरे । मधेस प्रदेश सरकारले संघीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै एमालेको नेतृत्वमा देश र मधेस समृद्ध हुने बताए ।