१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्यकर्तालाई नेता पौडेलको आग्रह–पुराना कुरामा नअलमलिनुस्, बदलिँदो व्यवस्थाअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:oo:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बदलिँदो व्यवस्थाअनुसार आफूलाई परिवर्तन गर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। संविधानले नै संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको भन्दै नेता पौडेलले बदलिँदो व्यवस्थाअनुसार आफूलाई परिवर्तन गर्न आग्रह गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले पुराना कुराहरूमा नअल्मलिनसमेत आग्रह गरे।

‘प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एकजुट भएर यो मुलुकलाई जोगाउनुपर्छ। पुराना सानातिना कुरामा अल्मलिने होइन, मूल कुरामा ध्यान दिऔँ। संविधानले पनि संयुक्त सरकारको आवश्यकता र अनिवार्यता औँल्याइसकेको छ। कोलिसन कल्चरको एउटा संस्कृति, संयुक्त सरकारको संस्कृति अनिवार्य बनाएको छ यो संविधानको समावेशिताको व्यवस्थाले। त्यो बदलिँदो व्यवस्थाअनुसार हामीले आफूलाई परिवर्तन गर्न सक्नुपर्छ। यो अहिलेको संविधानको अपेक्षा हो, संविधानको माग हो यो गठबन्धन। नेपालको परिवर्तित व्यवस्थाको माग हो यो गठबन्धन,’ उनले भने।

नेता पौडेलले गठबन्धनभित्रैका मानिसहरूलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भइरहेको बताए। एमाले अध्यक्ष केपी ओलीले निमित्त नायक भएर मुलुकलाई अस्थिरताको भुमरीमा धकेलेको आरोप लगाउँदै उनले ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर बनाउने खेल भएकोसमेत बताए।

ad
ad