१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल फाेटाे ।
२o८१ जेठ १ मंगलबार १६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल आफ्नै पार्टी सिध्याउने कुलंघार रहेका ओलीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:४५:oo

एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्।

सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफैँ कुहिँदै गएको ओलीको आरोप छ। नेपाल एमालेमा रहुन्जेल आफूलाई रौतहटमा टेक्नसमेत नदिइएको ओलीले बताए।

आफ्नो सरकारको पालामा सुनकोसीको पानी रौतहटसम्म ल्याउने काम सुरु भएको भन्दै उनले अबको केही वर्षपछि रौतहटको सुक्खा भूमि सिँचित हुने बताए। आजभन्दा ४९ वर्ष पहिला आफू गौर जेलमा बसेको र रौतहटमै पार्टीको काम गरेकाले यहाँको समस्यासँग आफू परिचित रहेको उनको दाबी छ। अध्यक्ष ओलीले सत्तागठबन्धनले आफ्नो पार्टीलाई कुनै फरक नपर्ने बताउँदै गौरमा एमालेका उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गरे।

ad
ad