१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिगमन एक्लै छैन, गठबन्धनभन्दा बलियो छ : चित्रबहादुर केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रतिगमन एक्लो नभएको बताएका छन् । शुक्रबार काठमाडौंको शान्तिवाटिकामा आयोजित पाँचदलीय गठबन्धनको संयुक्त चुनवाी सभामा बोल्दै अध्यक्ष केसीले नेपालमा प्रतिगमनकारी शक्ति एक्लो नभएकाले पाँचदलीय गठबन्धनभन्दा पनि बलियो भएको बताएका हुन् । उनले गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धि खतरामा परेकाले सबैभन्दा पहिले जनमोर्चाले त्यसविरुद्ध आवाज उठाएको पनि बताए ।  

‘पाँच दलमा प्रशस्त मतभेद छन्। गठबन्धन भनेकै मिलेको कुरामा मात्रै मिल्ने हो नि। अहिलेको अवस्थामा पनि ओलीप्रवृत्तिविरुद्ध हामी यही रूपमा मिलेर आएका हौँ,’ अध्यक्ष केसीले भने, ‘ममाथि धेरैसँग मिल्यो भन्ने आरोप छ। हामीले  ६ महानगरमा दाबी गरेका छैनौँ, आफ्नो शक्ति पनि हुनुपर्‍याे नि । गठबन्धनभन्दा बलियो छ प्रतिगमन, नेपालमा प्रतिगमन एक्लै छैन, ऊ अहिले पनि शक्तिशाली छ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी र प्रजातन्त्रवादी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएपछि प्रतिगमनले घुँडा टेकेको पनि बताए ।