Skip This
चौधरी ग्रुपले ‘माइडिया’ ब्रान्ड नेपाल भित्र्यायो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुपले ‘माइडिया’ ब्रान्ड नेपाल भित्र्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:१४:oo

चौधरी ग्रुपले विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक विक्रेताका रूपमा नियुक्त गरेपछि कम्पनीले नेपाली बजारमा माइडियाका उत्पादन भित्र्याएको हो । 

आफ्ना उत्पादन नेपाली बजारमा भित्रिएको अवसरमा आयोजित कार्यक्रममा माइडिया एपिएसी क्षेत्रका दक्षिण एसिया व्यापार कार्यालयका प्रमुख एको झाङले नेपाली उपभोक्तालाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए । 

कम्पनीले माइडिया ब्रान्डका नयाँ उत्पादनमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने जनाएको छ । दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

माइडिया ब्रान्डका एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्ट्यान्ड फ्यान, फुड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मिट मिनसर, टोस्टर, फ्यान हिटर, पिटिसी सिरामिक हिटर, ओएफआर हिटरलगायतका साना घरेलु उपकरणको बजारमा राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ ।

साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्री स्ट्यान्डिङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम–ड्राई, ड्रम–वेट एन्ड ड्राई),वासिङ मेसिन, वासर ड्रायर र रेफ्रिजेरेटरलगायतका अन्य धेरै उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीको भनाइ छ ।