मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
 कञ्चनपुरको कृष्णपुर नपा ५ गुलरीयामा रहेको महाकाली गौरब विल्डर्स प्रालिको क्रसर उद्योग
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका तीन क्रसर उद्योग बन्द गराइयो 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:५८:oo

कञ्चनपुरका तीन क्रसर उद्योग बन्द गराइएको छ । गैरकानुनी रूपमा सञ्चालित रहेको भन्दै जिल्ला अनुगमन समितिले बन्द गराएको हो । उक्त क्रसर उद्योगबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । मापदण्डविपरीत गैरकानुनी रूपमा सञ्चालनमा रहेका तीनै उद्योग बन्द गराइएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख रामबहादुर कुरुवाङले अख्तियारमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको बताए । उनका अनुसार दोधाराचाँदनी नगरपालिका– ३ मा रहेको वासुलिङ कन्स्ट्रक्सन प्रालि, बेदकोट नगरपालिका– ३ को बेदकोट निर्माण सामग्री केन्द्र र कृष्णपुर नगरपालिका– ५ गुलरियामा रहेको महाकाली गौरव बिल्डर्स क्रसर उद्योग विद्युत् लाइन काटेर बन्द गराइएको हो । 

‘हामीलाई गैरकानुनी रूपमा राजस्व छलिरहेका छन् भन्दै उजुरी परेको थियो,’ अख्तियार प्रमुख कुरुवाङले भने, ‘अख्तियारले त्यस्ता उद्योगमाथि कारबाही गर्न प्रशासनलाई पत्राचार गरेको हो, त्यसपछि जिल्ला अनुगमन समितिले अनुगमन गरेर गैरकानुनी ठहर गर्दै बन्द गराएको छ ।’ 

अख्तियार प्रमुख कुरुवाङका अनुसार बेदकोट प्रशोधन केन्द्र विनाआइइस सञ्चालनमा रहेको र वासुलिङ र महाकाली गौरव बिल्डर्स आयोजना सकिए पनि सञ्चालनमा रहेकाले बन्द गराइएको छ । ‘बन्द गराइएका तीनै उद्योगको राजस्व छलीबारे आन्तरिक राजस्व कार्यालयले हेरिरहेको छ,’ उनले भने, ‘अहिले अनुगमन समितिले गैरकानुनी ठहर गर्दै प्रारम्भिक चरणमा विद्युत् लाइन काटेको छ ।’ 

गैरकानुनी रूपमा क्रसर उद्योग सञ्चालनबारे पटकपटक आवाज उठाउँदासमेत पहिलोपटक अख्तियारसहितका निकायको संयुक्त समन्वयमा अवैध रूपमा मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराइएको छ ।