१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख १९ सोमबार १२:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक नियुक्त : गृहसचिव पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख १९ सोमबार १२:२४:००

गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरीकाे महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् । उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन र प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरूप नै महानिरीक्षकमा बढुवा गरिएको बताए ।

सचिव पाण्डेले एआइजीहरूमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले  सबै एआइजीहरूकाे ०४९ साल चैत १२ गतेको नियुक्ति भएकोले उनीहरूबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पाए । 

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यकतालाई धान्न नसक्ने बताए । उनले अहिलेको आवश्यकता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यकता रहेको बताए ।