मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख १७ शनिबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता लागू गर्न सरकारले चाहेन : जिफन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख १७ शनिबार १८:५६:००

एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गरेको हो ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा भत्ताबारे मजदुरलाई भन्दा सरकारलाई बुझाउन गाह्रो भइरहेको बताए । उनले भने, ‘सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने कुरामा मजदुरलाई भन्दा सरकारलाई बुझाउन सकेका छैनौँ। यो नै समस्या हो । अनौपचारिक क्षेत्रको पनि कार्यविधि बन्दै छ । अहिले हामी छलफल गरिरहेका छौँ। सरकारले चाहेमा यो तुरुन्त लागू हुन सक्दछ । तर, सरकारले नचाहेको हो कि भन्ने हाम्रो आरोप छ ।’

जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदुरहरू आफैँ लागेको भन्दै आपत्ति जनाउँदै आएको छ । जिफन्टले आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने श्रेष्ठले बताए ।