Skip This
माधव नेपालको आरोप– ओलीले यती र ओम्नीसँग मिलेर जनतालाई लुटे (भिडियोसहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालको आरोप– ओलीले यती र ओम्नीसँग मिलेर जनतालाई लुटे (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। बिहीबार पार्टी कार्यालयमा एनेकपासँगको एकता कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको, तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको उनको आरोप छ।आफूले इमानदारिता र निष्ठाको राजनीति गरे पनि ओलीले बेइमानी र जालझेलको राजनीति गर्नेसमेत उनको आरोप छ।

‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे। के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे। ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे। लुट्ने चुस्ने काम केपी ओलीले गरे। देश र जनताको सेवा गर्ने काम हामीले गर्‍याैँ। दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍याैँ। हामीले राज्यको सम्पत्तिको सदुपयोग हुनुपर्छ भन्यौँ। उनले दुरुपयोग गर्नुपर्छ भने यो विचार उनैले ल्याए। गफमा उनी अगाडि छन्। काममा हामी अगाडि छौँ । गफाडी नम्बर १ उनी, काममा अत्यन्त फास्ट हामी। हामी इमानदारिता र निष्ठाको राजनीति गर्ने मान्छे, उनी बेइमानी र जालझेलको राजनीति गर्ने मान्छे,’ उनले भने।