१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Saturday, 05 July, 2025
२o७९ बैशाख १३ मंगलबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्माको दोहली स्वास्थ्य चौकीमा प्रयोगशाला, एक्स-रे र इसिजी सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १७:११:oo

इस्मा गाउँपालिका–४ स्थित दोहली स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ। इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा संचालन भएसँगै नागरिकलाई सामान्य रोगको जाँच गर्न तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ।

दोहली स्वास्थ्यचौकीमा कार्यरत डाक्टर निश्चल शर्माका अनुसार प्रयोगशालाबाट रगतको सम्पूर्ण परीक्षण, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, मिर्गाैला, कलेजो र मुटु परीक्षण, दिशा तथा पिसाबको परीक्षण, गर्भवती महिलामा गरिने सम्पूर्ण रगत परीक्षण, सोडियम तथा पोटासियम परीक्षण गरिन्छ।

त्यस्तै स्वास्थ्यचौकीमा इसिजी र एक्स-रे सेवा बिस्तार गरिएको छ। गाउँमै प्रयोगशाला र एक्स-रे सेवा संचालन भएपछि आफूहरूलाई पनि उपचारमा सहजता र बिरामीको खर्च कम भएको डाक्टर शर्माले बताए। इस्मा गाउँपालिका–३ का शेरबहादुर केसी भन्छन्, ‘बिरामी परेर सबै चेक गर्न तम्घास जाँदा पाँच हजारले पुग्दैन। गाउँमै सबै सुविधा पाएपछि गरिब र निमुखा खुसी छौँ।’ स्वास्थ्यचौकीबाट इस्मा तथा मालिका गाउँपालिकाका गरेर दैनिक ५० जनाभन्दा बढी बिरामीहरूले सेवा प्राप्त गरिरहेका छन्।