१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ बैशाख ११ आइतबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अटेरीका गनेश पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १३:१६:oo

अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन्।

उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेदवारी दिएको बताए । स्थानीय तहमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए।

‘यसमा युवाहरूको पनि चासो बढी रहेको छ। जित लगभग सुनिश्चितजस्तै छ,’ उनले भने। हालसम्म पोखरामा मेयर पदसहित १७ जनाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।