१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार टुंग्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:o५:oo

नेकपा (एमाले)ले रसुवामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो।

नेकपा एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल र उपाध्यक्षमा चमेली गुरुङ, कालिका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्षमा अम्बिका भट्ट पौडेललाई चयन गरिएको छ। यसैगरी, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्षमा चन्द्रबहादुर तामाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा चयन भएका छन्। 

रसुवामा पाँचवटा गाउँपालिकाअन्तर्गत २७ वटा वडा रहेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमाले कालिका र गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष तथा पाँचवटै गाउँपालिकामा उपाध्यक्षमा विजयी भएको थियो।

ad
ad