१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवाको कालिकामा माओवादीको उम्मेदवार छान्न मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:४३:oo

नेकपा (माओवादी केन्द्र) रसुवाले उम्मेदवार छान्न मतदान गरेको छ। जिल्लाको कालिका गाउँपालिकामा उम्मेदवार छनोटका लागि माओवादी केन्द्रले मतदान गरेको हो।

गाउँपालिकाको अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए। गाउँपालिका अध्यक्षमा सहमति हुन नसकेपछि शुक्रबार मतदान गरिएको हो। जम्मा ५२ मत खस्दा तामाङले ३४ र देवकोटाले १८ मत प्राप्त गरेका छन्।

ad
ad