Skip This
वृत्तचित्रमा दक्षिण एसियाको कथा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o४:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

वृत्तचित्रमा दक्षिण एसियाको कथा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

‘फिल्म साउथ एसिया २०२२’ बिहीबारदेखि ललितपुरमा जारी छ। पाटनढोकास्थित यलमाया केन्द्रमा उद्घाटनपछि पहिलो दिन बिहीबार दीप्ति गुप्ता निर्देशित डकुमेन्ट्री ‘सट अप सोना’ प्रदर्शन गरिएको थियो। ८५ मिनेट लामो डकुमेन्ट्री भरतीय गायिका सोना मोहपत्रले समाजमा समान सहभागिता र अधिकारका लागि गरेको संघर्षको कथामा केन्द्रित छ।

यसपटकको महोत्सवमा आठ देशका ७१ वटा उत्कृष्ट डकुमेन्ट्री प्रदर्शनका लागि छनोट गरिएको महोत्सवका सहायक निर्देशक आलोक अधिकारीले जानकारी दिए। ‘यसपटक अनलाइन आवेदनमा ३५ सय डकुमेन्ट्री प्राप्त थिए। जसबाट उत्कृष्ट ७१ वटा फिल्म छनोट गरिएको छ। जसमा ६ वटा साउथ एसियाको सहयोगमा निर्माण गरिएको थियो। जुन डकुमेन्ट्रीहरू अहिले प्रदर्शनरत छन्,’ उनले भने।

कोरोना महामारीपछि भौतिक उपस्थितिमा आयोजना गरिएको चलचित्र महोत्सवले पुनः फिल्ममेकरलाई प्रेरित गर्ने उनको भनाइ छ। अघिल्लो संस्करणभन्दा तुलनात्मक रूपमा डकुमेन्ट्रीको संख्या बढेको उनले बताए। ‘यसपटक साउथ एसियन मुलुकका राम्रा डकुमेन्ट्रीहरू छानिएका छन् । गम्भीर विषयवस्तुमा निर्माण  भएका डकुमेन्ट्री छन्,’ उनले भने । 

यस वर्ष महोत्सवमा ११ वटा नेपाली डकुमेन्ट्री  छनोट भएकाे उनले बताए। अघिल्ला संस्करणहरूभन्दा यसपटक डकुमेन्ट्रीको संख्या मात्रै होइन, गुणस्तर पनि बढेको उनले बताए। ‘नेपाली डकुेमन्ट्रीको संख्या मात्रै होइन, क्वालिटीका पनि छन् । यो हाम्रा लागि खुसीकाे कुरा हो । फिल्म साउथ एसिया डकुमेन्ट्री मेकरका लागि महत्वपूर्ण मञ्च बनेको छ,’ उनले भने । फिल्म साउथ एसिया डकुमेन्ट्रीको माध्यमबाट कथा हेर्ने र बुझ्ने महत्वपूर्ण मञ्च बनेको उनले बताए। निर्देशक अधिकारी भन्छन्, ‘डकुमेन्ट्रीको माध्यमबाट साउथ एसियामा कथा हेर्ने र बुझ्ने मञ्च हो। मनोरञ्जन र सूचनाका लागि बृहत् माध्यम हो डकुमेन्ट्री । यहाँ साउथ एसियाको कथा हेर्न मिल्छ।’

महोत्सवको निर्णायकमण्डलमा भारतीय चलचित्रकर्मी ऐसा अब्राहम, श्रीलंकाली प्राध्यापक तथा चलचित्रकर्मी सुमाथी शिवामोहन र नेपाली चलचित्रकर्मी छिरिङरितार शेर्पा छन् । महोत्सवमा डकुमेन्ट्री प्रदर्शनसँगै सामूहिक छलफल पनि जारी छ ।  महोत्सवको पहिलो दिन बिहीबार नौवटा वृत्तचित्र प्रदर्शन गरिएको थियो । त्यस्तै, शुक्रबार २३ वटा डकुमेन्ट्री प्रदर्शन हुने तालिका छ ।

महोत्सवको तेस्रो दिन शनिबार १९ वटा फरक विषयमा चाखलाग्दा डकुमेन्ट्री देखाइँदै छ। त्यस्तै, अन्तिम दिन आइतबार २० वटा डकुमेन्ट्री प्रदर्शन गर्ने कार्यतालिका रहेको छ। डकुमेन्ट्रीको यो द्विवार्षिक महोत्सव सन् १९९७ देखि सुरु भएको हो। फिल्म साउथ एसियाले डकुमेन्ट्रीको विस्तार, फिल्म निर्देशक र निर्माताहरूलाई मञ्च उपलब्ध गराउँदै आइरहेको छ ।