मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ९ शुक्रबार १३:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीसँग डब्लुएचओका महानिर्देशक टेड्रोसद्वारा शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १३:५५:oo

राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्लुएचओले खोप वितरण गरेकामा डब्लुएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। 

महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे। त्यस अवसरमा महानिर्देशक डा. टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानबारे जानकारी गराएका थिए। महानिर्देशक डा. टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए। 

उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगबारे पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएका ढकालले बताए। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए। 

महानिर्देशकका साथ डब्लुएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीसमेत आएका छन्। उनीसहितको टोली यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम छ। रासस