१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १७:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सबै स्थानीय तहमा खुले निर्वाचन कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १७:१२:oo

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीबार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो। 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताए। सबै निर्वाचन कार्यालयहरूले आयोगले दिएको कार्यतालिकाअनुसार काम सुरु गर्ने पनि उनले बताए। आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरू पूरा गरिसकेको उल्लेख गरे। 

‘आजबाट हाम्रो सबै ७५३ स्थानीय तहमा निर्वाचन कार्यालयहरू खुलिसकेका छन्। यसको तात्पर्य सबै निर्वाचनको माहोलमा सहभागी हुनुहुने मतदाता, उम्मेदवार र त्यसलाई सहयोग गर्ने सबै समुदाय आजबाट निर्वाचनमा होमियो,’ उनले भने, 'आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताए। सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गराउने उनले विश्वास व्यक्त गरे। 

निर्वाचन सामग्रीहरू सबै स्थानीय तहहरूमा समयमै पुर्‍याउने उनले बताए। उनले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गरे।
 

ad
ad