Skip This
नेकपा कब्जा गर्ने षड्यन्त्र समाप्त पार्न प्रतिनिधिसभा विघटन : अध्यक्ष ओली
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा कब्जा गर्ने षड्यन्त्र समाप्त पार्न प्रतिनिधिसभा विघटन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १६:२७:oo

एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्। 

बिहीबार काठमाडौंमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरूले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफूसँग नरहेको उल्लेख गरे। 

‘पार्टी कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि प्रतिनिधिसभा विघटन गरेर संगठन सुदृढ गर्नुपर्‍यो।  संगठन त षड्यन्त्रकारीहरूले कब्जामा लिइसके।  त्यस्तो अवस्थामा कार्यकर्तामा अपिल गर्न जानबाहेक अर्को उपाय रहेन,’ उनले भने, ‘प्रतिनिधिसभाको विघटन र जनतामा ताजा जनादेशका लागि जाने र प्रधानमन्त्रीको काम र प्रधानमन्त्रीविरोधीहरूको क्रियाकलापको मूल्यांकन जनताले गर्ने कुरा एकदम जायज कुरा हो।’  

उनले एमालेको सूर्य चिह्न सिध्याउँछु भनेर खान खोज्नेहरूको थुतुनो जलेको टिप्पणी गरे। तत्कालीन नेकपामा प्रचण्डले आफूलाई पार्टीबाट निष्कासन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताए। 


उनले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताए। उनले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेसमा एमालेको लहर आएको बताए। अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे। 

‘हामी बहुमत ल्याउन सक्छौँ।  अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ।  तर, हामीले परिणाम राम्रो ल्याएका थियौँ।  तराईमा हामीलाई प्रवेश गर्न दिइएको थिएन।  यसपल्ट तराईमा एमालेलाई मात्र जनताले स्वागत गर्छन्।  एमालेलाई मात्रै, अरूलाई स्वागत गर्दैनन्।  मधेसमा अहिले एमालेको लहर आएको छ,’ उनले भने, ‘त्यसकारण पहिलेको भन्दा स्थिति अहिले धेरै राम्रो छ।  एउटा प्रदेशमै प्रवेश निषेध थियो एमालेलाई भने आज त्यो प्रदेश एमालेको सबभन्दा मजबुत गढको रूपमा अगाडि आइराखेको छ।’