Skip This
काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक टड्रोस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार १४:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक टड्रोस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १४:o४:oo

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्। 

महानिर्देशक डा. टड्रोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

शुक्रबार उच्चस्तरीय भेटवार्तापछि उनले हनुमानढोका दरबार स्क्वायर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल र टाइफाइड खोप कार्यक्रमसमेत अवलोकन गर्नेछन्। महानिर्देशकको टोली नक्सालस्थित मेरियट होटेलमा बस्नेछ। भ्रमण तालिकाअनुसार शनिबार बिहान ९:३० मा गेहब्रेयसको टोली फर्कनेछ।