१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अक्सिजन प्लान्टमा भएको विस्फाेटको छानबिन गर्न गृहमन्त्री खाणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १२:५o:oo

गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फाेटको छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरी ललितपुरका प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका हुन्।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विस्फाेटमा एकजनाको मृत्यु भएको छ। विस्फाेटमा घाइते भएका ६ जनामध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ। अक्सिजन भर्ने क्रममा एक्कासि विस्फाेट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ। रासस