१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरका सबै पालिकामा एमालेले सिफारिस गर्‍यो उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

मकवानपुरमा पहिलो शक्तिको रूपमा रहेको (एमालेले १० वटै स्थानीय तहको उम्मेदवार सिफारिस गरेको छ। ०७४ को निर्वाचनमा १० मध्ये ६ वटा स्थानीय तहमा प्रमुख जितेको एमालेले सत्तारुढ गठबन्धनविरुद्ध आफ्ना उम्मेदवार तय गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो।

स्थानीय तहबाट पठाइएका दाबेदारहरूको नाम जिल्लाले प्रदेश कमिटीमा सिफारिस गरेको एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए। भीमफेदी गाउँपालिकामा सर्वसम्मत अध्यक्षमा हिदम थापा र उपाध्यक्षमा पार्वती राना, मकवानपुरगढी गाउँपालिकामा सर्वसम्मत अध्यक्षमा विदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ, इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत अध्यक्षमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमाया बल्च्या, राक्सिराङ गाउँपालिकामा सर्वसम्मत अध्यक्षमा बाबुलाल स्याङ्तान र उपाध्यक्षमा सुन्तली प्रजा सिफारिस भएका छन्।

हेटौँडा उपमहानगरपालिका प्रमुखमा अनन्त पौडेल, गणेशकुमारी प्रधान र हरिबहादुर महत तथा उपप्रमुखमा आरती पाठक, इन्द्रप्रसाद नेपाल र सुमित्रा काफ्लेको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ। थाहा नगरपालिकाको प्रमुखमा विष्णुप्रसाद ढकाल, शशिधर सुवेदी र अच्युतम ढकाल तथा उपप्रमुखमा कल्पना बलामी र चमेली वाइबाको नाम सिफारिस भएको छ।

यसैगरी, कैलाश गाउँपालिकाको अध्यक्षमा नरेन्द्रलाल रिजाल, बुद्धिबहादुर मोक्तान, श्याम उप्रेती, सजित कार्की र सुकुमाया थिङ तथा उपाध्यक्षमा अर्जुन बर्ताैला, तारा थिङ, पविना गुरुङ, महेश चेपाङ, राजकुमार बल र सुकुमाया थिङ सिफारिस भएका छन्। बागमती गाउँपालिका अध्यक्षमा खेमराज जर्घा, छिरिङ दोर्जे पाख्रिन, नरबहादुर घलान, राजकुमार तिमल्सिना र रुकु तिमल्सिनाको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा धनमाया स्याङतान, राधिका तिमल्सिना, शर्मिला विश्वकर्मा र सविना योञ्जनको नाम सिफारिस भएको छ।

मनहरी गाउँपालिका अध्यक्षमा एकराज उप्रेती, जयराम अर्याल, दिलबहादुर स्याङ्तान, नवीन सुवेदी, श्यामसुन्दर ढकालको नाम सिफारिस भएको छ। उपाध्यक्षमा गीता प्रजा, पम्फा रोका, विमला कार्की र सुजिता थिङको दाबी छ। बकैया गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद चौलागाईं, गोपाल दाहाल, दलबहादुर वाइबा र सरला बोलखे तथा उपाध्यक्षमा जिमी लो, बद्रीलाल थिङ, विजयकुमार वाइबा, याङ्ग्री डोल्मा तामाङ भोम्जन, लालबहादुर स्याङ्तान र सुस्मिता घोरासैनीको नाम सिफारिस भएको एमाले जिल्ला कमिटीले जनाएको छ।

मकवानपुरमा ०७४ को निर्वाचनमा एमाले हेटौँडा उपमहानगरसहित बकैया, मकवानपुरगढी, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा एकल विजयी भएको थियो।