१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार o६:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले ल्यायो भ्वाइस र डेटा सेवा बन्डलिङसहितको इन्डलेस कम्बो प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार o६:५८:oo

एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवा दिने उद्देश्यले आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याक सञ्चालनमा ल्याएको छ । कम्पनीले दुई प्रकारका प्याक बजारमा ल्याएको हो । 

योजनाअनुसार प्रिपेड ग्राहकले २५ रपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ । डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने अल नेट टक टाइम प्राप्त गर्ने जनाइएको छ । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको कम्बो प्याक पनि २५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 

सुलभदरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने प्रतिबद्घताअनुरूप एनसेलले यी आकर्षक कम्बो प्याक ल्याएको जनाएको छ । योजनाअन्तर्गतका प्याकले ग्राहकलाई सुलभदरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।