१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Saturday, 05 July, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o७९ बैशाख ८ बिहीबार १o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूले आफैँलाई गोली हानेर एक सैनिकले गरिन् आत्महत्या

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १o:oo:oo

कपिलवस्तुको शमशेरदल गणमा कार्यरत २४ वर्षीया सिपाही कोपिला राजवंशीले ड्युटीमा रहेको समयमा आफैँले बोकेको एम १६ राइफलले आफ्नै छाती र पेटमा दुईवटा गोली हानेर आत्महत्या गरेकी छिन् 

आफूले आफैँलाई गोली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृत्यु भएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा  उनको आज बिहान  मृत्यु भएको हो । 

शाहका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकोप्टर नआएकाले भैरहवामै उनको उपचार गरिएको थियो । सिपाही राजवंशीले आफ्नै पेटमा गोली हानेकी थिइन्। ड्युटीमा रहेको वेला आफैँले बोकेको एम १६ राइफलले गोली हानेको डिएसपी शाहले जानकारी दिए।

बुधबार साँझ ७ बजेतिर घटना भएको थियो। उनको छाती र पेटमा दुईवटा गोली लागेको बताइएको छ। के–कति कारण उनले आफूले आफैँलाई गोली हानेर आत्महत्या गरिन् भन्ने खुलिसकेको छैन । घटनाकाेबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको गौरादह नगरपालिका– १ की २४ वर्षीया सैनिक जवान राजवंशी अविवाहित हुन् ।