१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

‘राजद्रोही राजनेता’ डकुमेन्ट्री सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५१:oo

कांग्रेसका संस्थापक नेता स्व. बिपी कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्री ‘राजद्रोही राजनेता’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमबीच पत्रकार जगत नेपालको लेखन तथा निर्देशन रहेको डकुमेन्ट्री सार्वजनिक गरिएको हो । 

डकुमेन्ट्रीमा ०३३ सालमा बिपी कोइरालाले निर्वासनबाट किन मेलमिलापको नीति लिएर स्वदेश फर्किएदेखि ओखलढुंगाको टिमुरबोटे आक्रमणबारे अदालतमा बयान र राजाले जनमतसंग्रह घोषणा गरेसम्मको दृश्यलाई देखाइएको छ ।

कार्यक्रममा लेखक तथा निर्देशक नेपालले यसको दोस्रो भाग पनि आउने बताए । डकुमेन्ट्रीलाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले सहयोग गरेको छ । फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले भने, ‘हामीले राजनीतिक क्रान्तिका वेला भएका कामको अनुसन्धान गर्ने गरेका छौँ । यो पहिलो काम हो । अर्काे पनि हुँदै छ ।’

ad
ad