मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०६:४७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

 सूर्य नेपाल गल्फ टुर : पहिलो दिन रविको अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ७ बुधबार ०६:४७:००

पूर्वशीर्ष खेलाडी रवि खड्काले सूर्य नेपाल च्यालेन्ज गल्फ सिरिजको पहिलो दिन दुई स्ट्रोकको अग्रता लिएका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत छैटौँ सिरिजको पहिलो चरणमा रविले ६ अन्डर ६२ स्कोर गरेका हुन् । उनले दीपक मगर तथा भुवनकुमार रोक्काविरुद्ध दुई स्ट्रोकको अग्रता लिएका हुन् । दीपक र भुवनले चार अन्डर ६४ को स्कोर गरेका छन् ।

नेपालका नम्बर एक खेलाडी भुवन नगरकोटी र सूर्यप्रसाद शर्मा संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । दुवै खेलाडीले तीन अन्डर ६५ को स्कोर गरे । यसैगरी, सन्जय लामा, नीरज तामाङ र रामे मगर छैटौँ स्थानमा छन् । यी तीनजना खेलाडीले दुई अन्डर ६६ को स्कोर गरेका छन् । इभर पार ६८ खेलेका पशुपति शर्मा र भीमसेन चौलागाईं संयुक्त रूपमा दशाैँ स्थानमा छन् । 

दीनेश प्रजापति, धनबहादुर थापा र एमेच्योर खेलाडी महेन्द्र फगामी १२औँ स्थानमा छन् । प्रतियोगितामा विनोद तामाङ, विपिन तामाङ, जयराम श्रेष्ठ तथा एमेच्योर खेलाडी गजेन्द्र गुरुङ संयुक्त रूपमा १५औँ स्थानमा छन् । उनीहरूले दुई ओभर ७० स्कोर गरे । पहिलो दिन शीर्ष स्थानमा रहेका रविले फन्ट नाइमा चार अन्डर ३० तथा ब्याक नाइनमा दुई अन्डर ३२ स्कोर गरेका थिए ।

उनले पहिलो, दोस्रो, चौथो तथा पाँचौँ होलमा बर्डिज प्राप्त गर्न सफल भए । यसैगरी, दशौैँ, १७औँ र १८औँ होलमा उनले पुनः बर्डिज निकाले । भेट्रान खेलाडी दीपकले फ्रन्ट र ब्याक नाइनमा समान दुई अन्डर ३२ को स्कोर गरे । दीपकले पहिलो दुई होलमा बर्डिज निकालेका थिए । उनले दशौँ, १३औँ र १४औँ होलमा बर्डिज प्राप्त गरे ।  उनले १५औँ होलमा बोगी सामना गरे । यसैगरी, भुवनकुमारले फन्ट नाइनमा तीन अन्डर ३१ र ब्याक नाइनमा एक अन्डर ३३ को स्कोर गरेका थिए । उनले चौथो, सातौँ तथा नवौँ होलमा बर्डिज निकाले । सूर्य प्रसादले फन्ट नाइनमा इभन पार ३४ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा तीन अन्डर ३१ को स्कोर गरे ।