१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १२:४७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा पुनः बढ्न थाले कोरोना भाइरस संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४७:oo

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितको संख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीले जनाएका छन्। सोमबारको तथ्यांकअनुसार यहाँ तीन हजार दुई सय ९७ जना कोरोना संक्रमित देखिएका हुन्। तीमध्ये सबैभन्दा धेरै सांघाई सहरमा पाइएको बताइएको छ।

चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएकामध्ये तीन हजार ८४ जना सांघाईकै रहेका बताएको छ। पछिल्लो समय सांघाईमा कोरोनाको संक्रमण बढेको छ। चीनको नेसनल हेल्थ कमिसनका अनुसार त्यहाँ चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन्। यहाँ जिलिन, सान्दाेन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यी सहरहरूमध्ये सबैभन्दा बढी संक्रमित अहिले सांघामा भेटिएका छन्।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। रासस/सिन्ह्वा