१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सशस्त्रको एआइजीमा  अर्याल सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o६:५३:oo

सशस्त्र प्रहरी बलको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) राजु अर्याल सिफारिस भएका छन् । वरीयताअनुसार पहिलो नम्बरमा रहेका अर्याललाई एआइजीमा बढुवा गरी सरकारले दुई सातापछि सशस्त्र प्रहरीको नेतृत्व सुम्पन लागेको हो ।

गृहसचिव टेकनारायण पाण्डे अध्यक्षताको बढुवा सिफारिस समितिको बैठकले अर्याललाई बढुवा सिफारिस गरेको हो । बढुवासँगै हालका महानिरीक्षक पुष्पराम केसीले १९ वैशाखमा अवकाश पाएपछि अर्याल नै महानिरीक्षक हुने लगभग पक्का भएको छ । 

सशस्त्र प्रहरी नियमावलीअनुसार महानिरीक्षक पदमा एआइजीमध्येबाट नियुक्त हुनेछ । १९ वैशाखमा सशस्त्र प्रहरीका अर्का एआइजी रामशरण पौडेलले अवकाश पाउने भएकाले उनी महानिरीक्षकका एक्ला दाबेदार हुनेछन् । हालको सशस्त्र प्रहरी नियमावलीको प्रावधानअनुसार उनले चार वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन् ।

नेपाल प्रहरीमा इन्सपेक्टर पदबाट ०५४ मा सेवा प्रवेश गरेका अर्यालले पछि सशस्त्र प्रहरी बलमा सेवा स्थानान्तरण गरेका थिए । उनीसँगै एआइजी बढुवाका लागि अन्य तीन डिआइजीले पनि शैक्षिक योग्यतालगायतको प्रमाणपत्र पेस गरेका थिए । जसमा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशी दाहाल थिए । उनीहरूमध्ये दुईजना १९ वैशाखपछि एआइजी हुनेछन् । साथै, पौडेललाई भने अर्यालको अवकाशपछि पनि आइजिपी हुने अवसर हुनेछ । 

ad
ad