Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ४ आइतबार १६:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सेफ सन्तोष शाहसहितको टोलीलाई पर्यटन बोर्डको सम्मान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ४ आइतबार १६:२१:००

नेपाल पर्यटन बोर्डले बिबिसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरूलाई सम्मान गरेको छ । काठमाडाैंमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष शाहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजलगायतको टोलीलाई पर्यटन बोर्डले सम्मान गरेको हो । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले शाह सम्मिलित सेफ टिमलाई सम्मान गरेका हुन् ।  

सेफहरूलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार)लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । डा. रेग्मीले यस कार्यले नेपाली परिकारहरू विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताए । उनले शाहसहित टिमका सहभागी अन्य सेफहरूको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्‍याएको बताए । कार्यकारी प्रमुख रेग्मीले भने, ‘नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकहरूले सुन्दर गन्तव्यका रूपमा नै हेर्ने गरेका छन् । तर, मास्टर सेफ सन्तोष शाहले नेपाली खाना–परिकारहरूलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ ।’

सेफ शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताए । उनले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए । सेफ शाहले आफ्ना साथमा आएको टिमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह पनि गरे । 

त्यस्तै, सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरू नेपाल घुम्न, यहाँको कला–संस्कृतिबारे जान्न पाउँदा खुसी लागेको बताए । उनीहरूले नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विविधतामा एकता भएको सुन्दर मुलुक रहेको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।